arrow

आज पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। 

पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ