arrow

वैदेशिक सहायता घट्दै गयो - परराष्ट्रमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
arju-rana-12-27.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू सङ्कुचित हुँदै गएको बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उनको भनाई छ । उनले उद्योग वाणिज्य महासङ्घले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताइन् । सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाङ्क्षी रहेको बताउँदै ती आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताइन् । अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको बताइन् । 

उनले भनिन्– ‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाङ्क्षी छौं । ती आकाङ्क्षाहरू निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ । अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरू हासिल गर्नुपर्नेछ । द्रुत आर्थिक वृद्धि एवं विकासको आकंक्षा हामीलाई पूरा गर्नेछ । अब वैदेशिक ऋण अनुदान पहिला भन्दा कम आउनेछ । उनका अनुसार वैदेशिक सहायताको स्थिति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व सङ्कलन बढाएर लगेको देखिन्छ ।’ 

उनले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध रहेको समेत बताइन् । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ