arrow

पूर्वी तराईमा मेघगर्जन चट्याङसहित वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
chatyang-barsa.jpg

काठमाडौँ । पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा भीषण वर्षा भएको हो । 

नेपालमा वर्षा नहुँदा प्रदूषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरू देखिरहेका छन् । 

ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदूषण बढी भएका शहरहरुबाट प्रदूषण हट्ने बताइएको छ । तर काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदूषण उच्च भएको शहरमा विश्वकै पहिलो स्थानमा रहेको छ ।

काठमाडौंमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ