कतारलाई हराउन नेपालले एक सय ५२ रनको चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
577
Shares
काठमाडौँ । नेपालले टी–२० क्वाड क्रिकेट प्रतियोगिताको पहिलो खेल जितका लागि एक सय ५२ रनको चुनौती पछ्याउँदैछ । कतारविरुद्धको पहिलो खेलमा नेपालले उक्त चुनौती पछ्याउन लागेको हो ।
यसअघि चार देशीय टी–२० श्रृंखला अन्तर्गत हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो ।
कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।