arrow

तामाकोशी आयोजनाले अवहेलना गरेको भन्दै स्थानीय आन्दोलित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
tamakoshi-5-hydro.jpg
तस्बिर – फाइल ।

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाले अति प्रभावित क्षेत्रका बासिन्दाहरुलाई झुक्याउने र सहमति गरेका विषयहरु कार्यान्वयन नगरी स्थानीयमाथि पटक पटक अवहेलना गरेको भन्दै आन्दोलनको घोषणा गरेका छन् । 

तामाकोशी पाँचौँ जलविद्याुत आयोजना प्रभावित तथा क्रसर प्लान्ट पीडित स्थानीय संघर्ष समितिका संयोजक डिल्लीबहादुर मगरले प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि जायज मागहरु सम्बोधन नभएसम्म बिगु १ गोंगरका क्रसर प्लान्टका सम्पूर्ण कामकाज ठप्प पारिने बताएका छन् । 

स्थानीयले क्रस प्लान्टबाट परेको असर र सोको उचित क्षतिपूर्ति लगायतको सबालमा आयोजनालाई पटक पटक ध्यानाकर्षण गराउँदासमेत आयोजनाले बेवास्ता गरेको भन्दै पीडितले माग पूरा नभएसम्म अवरोध नरोकिने बताएका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ