सहकारीको पौने तीन खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र सङ्गठित अपराध गर्ने विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन्
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
822
Shares
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले रत्नपार्क मा धर्ना दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेको हो ।
महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन सोमबारदेखि थालेको हो । उसले सोमबाररत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय नजिकै धर्ना दिन पुगेको थियो ।
उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते कम्पनी जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो भन्दै नारा लगाए । ब्यानर बनाए ।
सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र सङ्गठित अपराध गर्ने विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।