arrow

सीतामढीमा आयोजित नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
nepal-india-meeting-25-4-8.jpg

रौतहट । नेपाल भारत सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बिहारस्थित सीतामढीमा सम्पन्न भएको छ। रौतहट, सर्लाही महोत्तरी र सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा संयुक्त समन्वय समितिको बैठक सम्पन्न भएको हो ।

खुला सीमानाका कारण हुन सक्ने चोरी तस्करी, लागुऔषध तथा मदिरा ओसारपसार नियन्त्रण गर्ने सहमति भएको संयुक्त बैठकमा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

त्यसैगरी सीमा क्षेत्रमा अबैध मुद्राको कारोवार नियन्त्रण गर्ने, एक आपसमा सूचना आदान प्रदान गर्ने, तथा सुरक्षा संवेदनशीलताको विषयमा सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय सहमती भएको जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा मंगलवार जारी सूचनामा उल्लेख गरिएको पाइन्छ।

दुईपक्षीय बैठकमा नेपालको तर्फबाट रौतहटका सीडीओ विनोदकुमार खड्का, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी रौतहटका एसपी सन्तोषकुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह, जिल्ला भन्सार कार्यालय गौरका प्रमुखको सहभागिता रहेको थियो । 

त्यस्तै सर्लाही, महोत्तरीका सिडियो, नेपाल प्रहरी , सशस्त्र प्रहरी, अनुसन्धानका एसपी, भन्सार अधिकृतसँगै भारत सितामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा पुलिस अधिक्षक, एस एसबी कमान्डेन्ट, तथा कस्टम कार्यालयका प्रमुखहरूको सहभागिता रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ