arrow

हसिना समर्थक ७० वकिललाई जेल सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
sheikh-hasina-2024.jpg
तस्बिर – फाइल ।

ढाका । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।

गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।

ढाका महानगरीय सत्र न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई जेल पठाउन आदेश दिएका हुन्। 

नौ महिला वकिल र ढाका बार एसोसिएसनका पूर्व अध्यक्ष अबु सैयद सागरलाई भने जमानत दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ