arrow

ट्रम्पको कर नीति अघि नेतन्याहूले टेके घुँडा, बने अनुरोध गर्ने पहिलो विदेशी नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
trump-netanyahu-peace-plan.jpg

काठमाडौँ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । उनी विश्वलाई तरङ्गित पारेको अमेरिकी करबाट मुक्त हुन व्यक्तिगत रूपमा अनुरोध गर्ने पहिलो विदेशी नेता बनेका छन् । 

गत जनवरीमा अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा फर्केपछि दोस्रो पटक ट्रम्पसँग भेटवार्ता गरेका नेतान्याहुले इरान र गाजाविरूद्धको अभियानका लागि पनि थप सहयोग खोज्ने अनुमान गरिएको छ ।

उनहरूबीचको छलफलबारे तत्काल केही कुरा सार्वजनिक भने हुन बाँकी छ । इजिप्ट, कतारलगायत अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविराम अवरूद्ध भएको अवस्थामा उनहरूबीच भेटवार्ता भएको हो । 

हङ्गेरीको भ्रमणबाट सीधै वासिङ्टन आइपुगेका नेतन्याहूको मुख्य उद्देश्य ट्रम्पलाई यो निर्णय उल्ट्याउन वा इजरेली आयातमा लगाइने १७ प्रतिशत करलाई कम गर्न राजी गराउने प्रयास गर्नु रहेको छ ।
 
बुडापेस्ट छोड्नुअघि नेतन्याहूले आफ्नो वार्तामा ‘इजरेलमाथि लगाइएको कर प्रणाली’ लगायत विभिन्न विषयमा छलफल हुने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ