देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव : पहाड र तराईमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
894
Shares
काठमाडौँ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले आज देशका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति देशभर आंशिक बदली रहनेछ।
विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशभरका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले पहाडी र तराई भेगमा वर्षा र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।