arrow

सुत्केरीको हेलिकप्टबाट उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
helicopter-army-81-6-13.jpg

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिका-६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । उनी यही चैत २३ गते सुत्केरी भएकी थिइन् । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ