arrow

कांग्रेसको महिला संघमा विधिसम्मत अधिवेशन गराउन माग [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको अधिवेशन अझै हुन सकेको छैन । कांग्रेस केन्द्रीय समिति बैठकले यही चैतभित्र कुनै पनि हालतमा निर्वाचन गर्न निर्देशन दिएको थियो । 

तर अहिलेसम्म धेरै जसो भ्रातृ संस्था र भगिनी संस्थाले चासो दिएका छैनन् । दुई साताअघि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको भने चुनावी अधिवेशन भएको थियो । 

यसैबीच महिला संघमा अध्यक्षको मनपरी अन्त्य गरी विधिसम्मत अधिवेशन गर्ने वातावरण बनाउन २० केन्द्रीय सदस्यहरुले माग गरेका छन् । 

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै अध्यक्षको मनपरी अन्त्य गरी अधिवेशन गर्ने बतावरण बनाउन माग गरेका हुन् । 

ज्ञापनपत्रमा लामो समयदेखि महिला संघको अधिवेशन हुन नसकेको भन्दै अध्यक्षलाई पटक पटक सल्लाह, सुझाव र प्रतिक्रिया दिँदासमेत कुनै वास्ता नगरी हित विपरीत काममा लागेको आरोप लगाइएको छ । 

केन्द्रीय सदस्यहरुले चार ओटा माग सम्बोधन नहुने हो भने आफूहरुले तत्काल पदबाट राजीनामा दिन बाध्य हुनेसमेत बताएका छन् । 

यस्तो छ पत्र–

 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ