तीन ओटा समितिका बैठक बस्दै, अर्थ समितिमा बजेटबारे छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
3k
Shares
काठमाडौँ । अर्थसहित तीन ओटा संसदीय समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट शुरू हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमनबारे छलफल हुनेछ ।
उता, दिउँसो ३ः०० बजेदेखि शुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।