arrow

पहाडी भेगमा वर्षाको सम्भावना, उच्च हिमाली भेगमा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जनाएको छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हल्का वर्षा र हिमपातको पनि पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ