वाइवाको घर जलेर खरानी, २० लाखको क्षति, बास त्रिपालमा
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ चैत २४ आइतबार
1k
Shares
काभ्रे । काभ्रेको बेथानचोक-५ च्याल्टीस्थित वाइवा टोलमा स्थानीय प्रेमबहादुर वाइवाको घरमा आज बिहान आगलागी हुँदा घर जलेर खरानी भएको छ । विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको वडा अध्यक्ष राजकुमार वाइवाले बताएका छन् ।
उक्त आगलागीबाट करीब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
उक्त घटनासँगै बासविहीन भएको परिवारलाई १५ दिनलाई पुग्ने खाद्यान्ह र लत्ताकपडा हस्तान्तरण गरेको बेथानचोक गाउँपालिकाले जनाएको छ ।
त्यस्तै रेडक्रस सोसाइटीले राहत किट १ सेट, कम्बल ३ सेट, बाल्टी ३ सेट , बाँटा ३ सेट, भाँडा ३ सेट, त्रिपाल ३ सेट र व्यक्तिगत सामग्री साबुन टावलसहित ३ सेट उपलब्ध गराएको छ ।