arrow

ला लिगामा रियाल मड्रिड हार्दा बार्सा बराबरीमा रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
barcelona-realbetis-25-4-6.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिड पराजित हुँदा बार्सिलोना बराबरीमा रोकिएको छ । 

गएरातिको खेलमा रियाल मड्रिड भ्यालेन्सियासँग २–१ गोलले पराजित भयो । त्यस्तै डेपोर्टिभो एलाभेसले गिरोनालाई १–० ले हरायो । 

सेल्टाभिगोले मयोर्कालाई २–१ ले हराउँदा बार्सिलोनाले रियाल बेटिससँग १–१ गोलको बराबरीमै चित्त बुझाउन पुग्यो । 

आजका खेल
आज तीन खेल हुँदैछन् । साँझ ५ः४५ बजे लस पल्मसले रियाल सोसिडाडसँग खेल्दा राति ८ बजे सेभियाले एथलेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । 

राति १०ः१५ बजे रियाल भल्लाडोलिड र गेटाफे खेल्नेछन् । 

अंक तालिका
३० खेलबाट ६७ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको रियाल मड्रिडको समान खेलबाट ६३ अंक रहेको छ । 

एक खेल कम खेलेको एथलेटिको मड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ । एथलेटिक क्लब पनि समान २९ खेलबाट ५३ अंकसहित चौथो स्थानमा छ । 

लेगनेस, लस पल्मस र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ