-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले लगभग पक्का गरेको छ । निकटतम प्रतिस्पर्धी क्लबहरुले सकारात्मक परिणाम निकाल्न नसक्दा लिभरपुलले केही खेलअघि नै उपाधि पक्का गर्ने भएको हो ।
गएरातिका खेलको परिणाम–
एभर्टन १–१ आर्सनल, क्रिस्टल सिटी २–१ ब्राइटन, इप्सविच टाउन १–२ वुल्भस्, वेष्टह्याम युनाइटेड २–२ बर्नमाउथ, एस्टन भिल्ला २–१ नटिंघम फरेस्ट ।
आजका खेल
आज चार खेल हुँदैछन् । बेलुकी ६ः४५ बजे ब्रेन्टफोर्डले चेल्सीसँग, फुल्हमले लिभरपुलसँग र टोटनह्याम हट्सपरले साउथह्याम्पटनसँग खेल्नेछ ।
त्यस्तै राति ९ः१५ बजे म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँग खेल्नेछ ।
अङ्क तालिका–
लिभरपुल ३० खेलबाट ७३ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । आर्सनल ३१ खेलबाट ६२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
नटिंघम फरेस्ट ५७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने चेल्सी ३० खेलबाट ५२ अंकसहित चौथो स्थानमा छ ।
त्यस्तै म्यानचेस्टर सिटी ३० खेलबाट ५१ अंकसहित पाँचौँ स्थानमा छ ।
इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा रहेका छन् ।