arrow

नेतान्याहू र ट्रम्पबीच सोमबार भेटवार्ता हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
trump-netanyahu-peace-plan.jpg

काठमाडौँ ।  इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरेलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ ।

इजरेली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको छ, “दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर“ नीतिको एक भागको रूपमा इजरेली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त करको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

इजरेली समाचार वेबसाइट वालाका अनुसार नेतान्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सीधै अमेरिका प्रस्थान गर्ने योजना छ । 

यद्यपि ह्वाइट हाउसको भ्रमण इजरेली अदालतले उनको भ्रष्टाचारको मुद्दाको आगामी सुनुवाइ स्थगित गर्न अनुमति दिएपछि हसन लागेको वालाले उल्लेख गरेको छ । 

ट्रम्पको घोषणाको अघिल्लो दिन इजरेलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै करहरू हटाएको थियो, तर यो कदमले ट्रम्पलाई इजरेलमाथि कर लगाउनबाट रोक्न सकेन।

करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक सङ्कट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ