दमक आदिवासी जनजाति महोत्सवमा कला र संस्कृतिको संयोजन [फोटोफिचर]
युवराज रेग्मी,
प्रकाशित २०८१ चैत २४ आइतबार
806
Shares
दमक । झापाको दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव २०८१ शुरू भएको छ । दमक नगरपालिका वडा नं ७ स्थित सयपत्री टोलमा आयोजित महोत्सव आगामी बैशाख १ गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले जनाए अनुसार महोत्सवस्थलमा कला र संस्कृतिको अनुपम संयोजन गरिएको छ । साथै महोत्सव स्थलमा विभिन्न जातीय परिकारसमेत ब्यवस्थापन गरिएको छ ।
साथै जनजातिका घरहरु, हस्तकलाका विभिन्न सामग्रीहरुकोसमेत प्रदर्शनी गरिएको छ । आदिवासी जनजाति प्रतिष्ठानकी उपाध्यक्ष रेशम गुरुङले उद्घाटन गरेको उक्त महोत्सव आगामी बैशाख १ सम्म चल्ने महोत्सव उद्घाटनमा प्रतिष्ठानका सचिव मल राजवंशीले जानकारी दिए ।
महोत्सवलाई थप आकर्षण बनाउन प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहँदै आएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।