arrow

सपना–विपना

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ चैत २३ शनिबार
beti-bajcharya-81-12-23.jpg

तरङ्गहरूले सोधे मलाई
तिमी किन तरङ्गित छौ
जवाफ फर्काएँ मैले 
त्यो प्रश्न सोध्छु तिमीसँग नै 
ऊ अकमकियो
मैले एकोहोरो 
उसकै अनुहार नियालिरहेँ
रातो चिल्लो उसको मुहार 
हेर्दा हेर्दै रक्तहीन हुँदै गयो 
टाढा टाढा
एक हुल चीलहरू
ऊतर्फ बढिरहेको भान गर्दा 
म त भुसुक्कै निदाएकी रहेछु 
थाहै भएन 
यो हो सपना
या यो हो विपना । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ