arrow

१९७४ एडीको अन्तिम कन्सर्ट “रक यात्रा २” यही शनिवार हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
1974-ad-last-consert.jpg

काठमाडौँ। नेपालको प्रसिद्ध र प्रतिष्ठित रक ब्यान्ड १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्दै छ। तीन दशकदेखि निरन्तर नेपाली सङ्गीत क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याइरहेको यस ब्यान्डले चैत २३, २०८१, शनिवार, हैयात ग्राउण्ड, बौद्धमा हजारौँ दर्शक तथा कलाकारहरू माझ आफ्नो अन्तिम यात्राको अन्तिम प्रस्तुति दिँदै छ।

नेपाली संगीतप्रेमीहरूको लागि यो कन्सर्ट एक ऐतिहासिक र अविस्मरणीय अनुभव हुने निश्चित छ जहाँ परेलीमा, चौबन्दी चोली र यो मन त मेरो नेपाली हो जस्ता ब्यान्डका चर्चित गीतहरू लाइभ प्रस्तुत गरिनेछ। ब्यान्डले सन् २००२ मा काठमाडौँमा गरेको कन्सर्ट रक यात्रामा करिब ६०,००० दर्शकको उपस्थिति थियो भने सो कन्सर्ट अहिलेसम्म नेपालको इतिहासकै सबैभन्दा ठूलो कन्सर्ट मानिन्छ। लगभग २३ वर्ष पछि हुन लागेको “रक यात्रा २” मा पनि दर्शकहरूको उति नै उपस्थिति र उत्साहको अनुमान गरिएको छ।

१९९० मा गठन ब्यान्ड स्थापनाकालदेखि तीन दशकसम्म आइपुग्दा सदाबहार गीतहरूको माध्यमबाट नेपालका विभिन्न पिढ़ीका संगीतप्रेमीहरूको मन जित्न सफल छ। नेपाली गीत सङ्गीतलाई नयाँ आयाम दिन प्रभावकारी भूमिका खेलेको नेपालको अग्रज ब्यान्ड १९७४ एडीको नेपालमा अन्तिम कन्सर्ट भएकाले पनि यस कन्सर्ट नेपाली संगीतप्रेमीहरूका लागि विशेष र अविस्मरणीयका साथै भावनात्मक पनि हुनेछ।

अब दुई दिन मात्र बाँकी रहेको यो कन्सर्टमा हजारौँ दर्शकहरूसँगै थुप्रै कलाकार तथा हस्तीहरूको पनि उपस्थिति अनुमान गरिएको छ भने यस कार्यक्रमको टिकट ई सेवामा उपलब्ध रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ