arrow

कानून, न्याय तथा मानव अधिकार समिति

तीनकुने घटनाबारे जानकारी लिन कानून समितिले बोलायो गृहमन्त्रीलाई [भिडियो]

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
bimalas-12-22.jpg

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शनका क्रममा नेपाली नागरिक दुई जनाको मृत्यु भएको भन्दै घटनाको बारेमा जानकारी लिन गृहमन्त्री लेखकलाई बोलाउने निर्णय भएको सभापति विमला सुवेदीले बताइन् । 

साथै समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० सम्बन्धी समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रूपमा सर्वसम्मतिले पारित गरेको छ ।

समितिले समितिको मस्यौदा प्रतिवेदन, २०८१ लाई सामान्य संशोधनसहित समितिको प्रतिवेदनको रूपमा सर्वसम्मतिले पारित गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ