सरकारलाई सडकबाटै पढाउन थालेका शिक्षकलाई दोस्रो दिनमै बोलाइयो वार्तामा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
995
Shares
काठमाडौँ । आन्दोलनरत शिक्षकहरूलाई वार्ता र संवादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनको दोस्रो दिनमै वार्ता र संवादमा आउन मन्त्रालयले अनुरोध गरेको हो ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन् ।
विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधि सभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएको भोलिपल्ट मन्त्रालयले वार्तामा बोलाएको हो । शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।
यता दोस्रो दिन मूल सडक प्रभावित गरी शिक्षकले आन्दोलन गरेपछि माइतीघर, बबरमहल, नयाँ बानेश्वर क्षेत्र प्रभावित भयो ।