arrow

बालेनले रोकेका प्रशासकीय अधिकृत गुरागाईँलाई सुनिताले गरिन् स्वागत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
guragain-ktm.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले रोकेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डङ्गोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन् । 

साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएका थिए । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षतिर लगेका थिए । 

बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लगाइएको थियो तर कर्मचारीहरूले ताल फोडेर गुरागाईँलाई हाजिर गराएका हुन् । बालेनले गुरागाईँलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ