पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।
एमाले सुनसरी जिल्ला कमिटीले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाएका हुन् ।
गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरूद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको महासचिव पोखरेलले उल्लेख गरे ।
गणतन्त्र सजिलै नढल्ने, शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको विकल्प पुनःशाहीतन्त्र हुन नसक्ने भन्दै उनले गणतन्त्रको पक्षमा जनताको विचार र सोचलाई उठाउन जरूरी रहेको बताए ।
उनले मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको भन्दै कुनै व्यक्तिको कृपाले नआएको बताए ।
महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उनी नै मुख्य जिम्मेवार भएको तर्क गरे ।
उनले पूर्वराजा अस्तिरताको कारण भएको, सरकार र ज्ञानेन्द्र शाहको बीचमा भएको सम्झौता विपरीत गतिविधि गरेको आरोप लगाए ।