arrow

राष्ट्रपतिसँग महजोडीको आग्रह

जनताले अरु कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्‍यो भन्ने असन्तुष्टि हो

देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, बिचौलीले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घच्घच्याइ दिनुपर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
ramchandra-mahajodi.jpeg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरुलाई घच्घच्याउन आग्रह गरेका छन् । 

भेटपछि श्रेष्ठ र आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए । तर राजनीतिक दलका नेताहरुको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपतिले सुधारका लागि घच्घच्याउन आफूहरुले सुझाव दिएको जानकारी दिए । 

“देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, बिचौलीले जनतालाई मारमा पारे । राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घच्घच्याइ दिनुपर्‍यो’, आफूहरुले राष्ट्रपतिसँग गरेको आग्रह उदधृत गर्दै उनीहरुले भने । 

उनीहरुले राष्ट्रपतिसँग अरु कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्‍यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ भनेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ