arrow

शिक्षक महासंघ आजदेखि अनिश्चितकालीन सडक आन्दोलनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
rahata-teachers-protest-day-4-maitighar.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन आजदेखि गर्न लागेको हो । 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए । 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने उनले चेतावनी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ