काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।
गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उनले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिए ।
सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत थिए ।
एमाले फुटेर नेकपा एस गठन भएपछि पहिलो पटक केपी ओली एसको कार्यालयमा गएका हुन् ।