वित्तीय इकाइको वार्षिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
497
Shares
काठमाडौँ । वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गरेको छ ।
उक्त १४० पृष्ठ लामो प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि इकाइको गोएसएसएल प्रणालीमा आवद्ध सूचक संस्थाहरु, कानून कार्यान्वयन गर्ने–अनुसन्धानकारी निकायहरु र नियामक निकायहरुको संख्या १ हजार ६३९ रहेको उल्लेख छ ।
त्यस्तै सूचक संस्थाहरुले इकाइमा पेश गरेको सीमा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षमा १६ लाख ९८ हजार ३९८ रहेकामा आव ८०–८१ मा घटेर १६ लाख ९७ हजार ७१२ रहेको छ ।