arrow

म्यानमारमा भूकम्पपछि मलेसियाद्वारा विशेष आपत्कालीन आसियान बैठक आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
earthquake-thailand-25-3-28.jpg

काठमाडौँ । म्यानमारमा गएको विनाशकारी ७.७ रेक्टरस्केलको भूकम्पका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै मलेसियाले आइतबार विशेष आपत्कालीन आसियान विदेशमन्त्री बैठकको आयोजना गरेको छ ।

मलेसियाका विदेशमन्त्री महामहिम मोहमद हसनज्यूको अध्यक्षतामा भिडियो कन्फरेन्समार्फत सम्पन्न बैठकमा आसियान सदस्य राष्ट्रका विदेशमन्त्रीको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी मन्त्रीज्यूहरूले भूकम्पका कारण ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । 

साथै, यस कठिन परिस्थितिमा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

“म्यानमार तथा थाइल्यान्डप्रति दृढ समर्थन व्यक्त गर्दै भूकम्पको प्रभाव न्यूनीकरण गर्न आसियान परिवार एकजुट रहेको छ,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकमा आसियानको मानवीय सहायता तथा विपद् व्यवस्थापनका लागि समन्वय केन्द्र (एएचए) मार्फत सहयोग परिचालन गर्ने निर्णय गरिएको छ । 

बैठकमा मानवीय सहायता सहज बनाउन म्यानमारमा सुरक्षित तथा अनुकूल वातावरण आवश्यक रहेको कुरामा विशेष जोड दिइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार शुक्रबार आएको उक्त शक्तिशाली भूकम्पका कारण हालसम्म करिब एक हजार ७०० जनाले ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ