arrow

साँझ सर्वदलीय बैठक, प्रधानमन्त्रीले छुटाए राजावादी दललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
oli-deuba-prachanda-81-7-1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठक आह्वान गरेका हुन् । 

बैठक आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । गत शुक्रबार भएको राजावादीको हिंसात्मक आन्दोलनपछि एकाएक सचेत बनेका गणतन्त्रवादी दलहरुलाई समेटेर प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् । 

उक्त बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने बोलाइएको छैन । 

गत शुक्रबारे हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । जसमा पत्रकारलाईसमेत राजावादीहरुले मारेका थिए । थुप्रै घाइते भएका छन् । 

उक्त घटनामा संलग्न भएको आरोपमा राप्रपामा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा धवलशम्शेर राणा, अधिवक्ता स्वागत नेपाललगायत १११ जना पक्राउ परेका छन् । 

आन्दोलनका मुख्य नाइके विवादित मेडिकल व्यवसायी एवं फौजदारी अभियोगी दुर्गा प्रसाईं भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ