मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी त्रिवेणीधाममा चैत्र कृष्ण औँसीको तिथीमा शनिबार दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न आएका आफन्तको घुइँचो लागेको छ ।
मुस्ताङको कागबेनीमा आज एकैदिन २० हजार बढी भक्तजनहरुले पितृ पूजासहित कागखोला र कालिगण्डकी दोभानमा स्नान गर्ने अनुमान छ । रासस