म्यानमार भूकम्पबाट दश हजारदेखि एक लाखको मृत्यु हुने अनुमान, पाँच देश हल्लायो
म्यानमारमा ७.७ रेक्टर स्केलको भूकम्प, कम्तीमा १४४ जनाको मृत्यु, करिब हजार घाइते, थाइल्याण्डमा ८० बेपत्ता
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
2.4k
Shares
काठमाडौँ । म्यानमारमा केन्द्रविन्दू भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा डेढ सय जनाको मृत्यु भएको छ । शुक्रबार बिहान म्यानमारमा ७.७ रेक्टर स्केलको भूकम्प गएपछि उक्त भूकम्पमा परी कम्तीमा १४४ जनाको मृत्यु भएको जनाइएको छ ।
उक्त भूकम्पको झड्का भारत, थाइल्याण्ड, बंगलादेश र चीनमासमेत गएको छ । म्यानमारमा ७३२ जना घाइते भएका छन् । त्यस्तै थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन तीस तल्ले भवन भत्केर ८० जना बेपत्ता भएका छन् । त्यस्तै ३ जना घाइते भएका छन् । उक्त साइटमा ४०० जनाले काम गरिरहेका थिए ।
पाँच देशमा लाखौँ मानिस घर र आफ्नो क्षेत्र छाडेर खुला ठाउँमा बाहिर आएका थिए ।
थाइल्याण्डमा प्रधानमन्त्रीले आपतकाल घोषणा गरेका छन् । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पबाट दश हजारदेखि एक लाखसम्मको मृत्यु हुन सक्ने सम्भावना औँल्याइएको छ । यो सम्भावना ३४ प्रतिशत हो । जुन सबैभन्दा बढी हो ।
म्यानमारमा पहिलो भूकम्पको १२ मिनेटपछि ६.४ रेक्टर स्केलको पराकम्पन आएको थियो । बंगलादेशमासमेत ७.३ रेक्टर स्केलको भूकम्प आएको थियो ।