arrow

देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव, हिमपात र मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज हिमपात र मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । 

आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा आज राति हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । 

लुम्बिनी प्रदेशलगायत सुदुरपश्चिमको तराईका केही भू-भागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ