arrow

एएफसी महिला कपमा नेपाल समूह ‘एफ’ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
women-asia-cup-nepal-football.jpg

काठमाडौँ। एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ। एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्कासमेत परेका छन्।

यो समूहका सबै खेल उज्बेकिस्तानमा हुनेछ। छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ। छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समूह एफमा परेको हो। दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन्। प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ