arrow

एसियन कपमा छनोट : नेपाल मलेसियासँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
nepal-foodball-2081.jpg

काठमाडौँ । एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए । 

त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन–अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २–० को जित निकाल्यो ।

यस पटकको छनोटमा एसियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल एफमा रहेको छ । नेपालको समूहमा मलेसियासँगै भियतनाम र लाओस छन् । 

‘होम एण्ड अवे’ प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । 

यो खेल नेपालमा हुनुपर्ने भए पनि एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि मलेसियामा भएको बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ