भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक समितिबाट पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
792
Shares
काठमाडौँ । संसदीय समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो त्यसअघि समितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भई पारित गरिएको थियो ।
समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए । उनले अब प्रतिनिधि सभामा पेस गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘हामी लगातार विधेयकमा नै छौँ । अरू कार्यक्रममा पनि भेट हुने नै छ । मान्यज्युहरुलाई यो प्रतिवेदन पारित गरिदिनका लागि प्रस्ताव गर्दछु । सुझावसहितको प्रतिवेदन पारित भएको छ । प्रतिनिधि सभामा प्रतिवेदन प्रस्तुत गर्नका लागि सम्माननीय सभामुखसँग समय माग गर्ने । हामीले यो विधेयक आज पास गरेका छौँ ।’ समितिमा लामो समयदेखि भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो । आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो ।