arrow

राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते प्रदर्शन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
rpp-bike-really.jpg
तस्बिर : फाइल

काठमाडौँ। नवराज सुवेदी तथा दुर्गा प्रसाईँ समूहको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ।

सुबेदी नेतृत्वको समितिले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ।

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक सङ्क्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै  देशभक्त, राजसंस्थावादीहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन्।

उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खास गरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेन समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

सुबेदी समूहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ। सुबेदी नेतृत्वको समितिमा आफू बस्न अस्वीकार गरे पनि कमल थापाले भने सो समितिमा पार्टीको प्रतिनिधित्व गराएका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ