यो देशबाट तेल र ग्यास खरिद गर्नेलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
1.8k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनै पनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
ल्याटिन अमेरिकी देशले दसौँ हजार अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउँदै उनले सोमबार यस्तो घोषणा गरे ।
‘यदि उनीहरूले भेनेजुएलाबाट तेल किन्छन् भने, उनीहरूले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्न २५ प्रतिशत कर तिर्नुपर्नेछ ।’ ट्रम्पले भने ।
‘भेनेजुएलाबाट तेल र÷वा ग्यास खरिद गर्ने कुनै पनि देशले हाम्रो देशसँग गर्ने कुनै पनि व्यापारमा संयुक्त राज्य अमेरिकालाई २५ प्रतिशतको कर तिर्न बाध्य हुनेछ ।’ ट्रम्पले भने ।
सबै कागजातहरूमा हस्ताक्षर र दर्ता गरिने र कर अप्रिल २, २०२५ मा लागू हुने बताए ।
ट्रम्पले बारम्बार मेक्सिको ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोर जस्ता ल्याटिन अमेरिकी देशहरूलाई संयुक्त राज्य अमेरिकामा अपराधीहरू पठाउने आरोप लगाए ।
ट्रम्प प्रशासनले हालै २०० भन्दा बढी भेनेजुएला आप्रवासीहरूलाई एल साल्भाडोरमा निर्वासन गर्न युद्धकालीन कानून १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने निर्णय गरेको छ ।