काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिन सक्ने बताएका छन् ।
पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरूलाई छुट दिने योजना बनाएको बताए । लामो समयदेखि धेरै देशहरूसँगको सम्बन्ध राम्रो रहेको र उनीहरूसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताए ।
अप्रिल २ लाई मुक्ति दिवसको रूपमा चित्रण गर्नुभयो । उहाँले भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनै पनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए ।
राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौँ अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाए ।
जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको शुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरे ।