arrow

एक खेलअघि नै न्यूजिल्याण्डले पाकिस्तानविरुद्धको श्रृंखला जित्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
nz-pak-25-3-23-getty-images.jpg

काठमाडौँ । न्यूजिल्याण्डले एक खेलअघि नै पाकिस्तानविरुद्धको टी–२० क्रिकेट श्रृंखला जितेको छ । आइतबार भएको चौथो खेलमा ११५ रनको फराकिलो जित हासिल गर्दै न्यूजिल्याण्डले पाँच खेलको श्रृंखलमा ३–१ को अग्रता बनाएको हो । 

माउन्ट माउनगान्उईमा भएको खेलमा पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको क्षतिमा २२० रन बनायो । फिन एलिनले २० बलमा ५०, कप्तान माइकल ब्रासवेलले २६ बलमा अविजित रहँदै ४६ तथा टिम साइफर्टले २२ बलमा ४४ रन बनाए । 

पाकिस्तानका ह्यारिस रउफले ३ विकेट लिए । 

जवाफमा पाकिस्तानले १६.२ ओभरमा अलआउट हुँदै १०५ रनमात्र बनाउन सक्यो । अब्दुल सामदले सर्वाधिक ४४ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा ज्याकब डफीले ४ तथा जाकरी फल्किजले ३ विकेट लिए । 

अब श्रृंखलाको अन्तिम खेल बुधबार हुनेछ । यसअघि शुरुआती दुई खेल न्यूजिल्याण्डले र तेस्रो खेल पाकिस्तानले जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ