arrow

तरुण दल महाधिवेशनको तालिका अझै आएन, जिल्लाबाट फाराम आउने क्रम जारी, धादिङले बुझायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
tarundal-dhaging-=rocord.jpg

काठमाडौँ । नेपाल तरुण दल धादिङ जिल्ला कार्यसमितिले पूर्णकालीन फारम भरी केन्द्रीय कार्यालयमा बुझाएको छ । केन्द्रीय कार्यालय रवि भवनमा दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई धादिङ जिल्ला अधिवेशन संयोजक एवं तरुण दल केन्द्रीय सदस्य गोपाल विश्वकर्माले उक्त फारामरु बुझाएका हुन् ।

नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको बैठकले निर्णय गरे बमोजिम अध्यक्ष गुरुङले  २०८१–०९–१२ गते तत्कालीन जिल्ला अध्यक्षलाई नै  जिल्ला अधिवेशन संयोजकको जिम्मेवारी दिएका थिए ।

नेपाल तरुण दल केन्द्रीय समितिको २०८१–१०–३० को बैठक र अध्यक्ष गुरुङले दलको पाँचौ महाधिवेशन सम्पन्न गर्न २०८१–११–०२ गते सम्पुर्ण जिल्लालाई पूर्णकालीन फाराम लगेर भरेर केन्द्रमा पठाउन परिपत्र गरेका थिए । 

तरुण दलको संशोधित विधान बमोजिम दलको कुनै पनि सदस्यको उमेर हद पैतालीस वर्ष भएका कारण फारामहरु केन्द्रले विधान बमोजिम रुजु गरी फेरि जिल्लामा पठाइन्छ र त्यस जिल्लाको अधिवेशनको कार्य चालु हुन्छ ।

मुख्यसचिव पोखरेलका अनुसार सबै जिल्लाको पूर्णकालीन फाराम केन्द्रमा आइपुग्ने अन्तिम तयारीमा रहेको छ । 

सबै जिल्लाको पूर्णकालीन फाराम आएपछि दलको केन्द्रीय समितिको बैठक छिट्टै बस्ने पोखरेलले बताए । 

तरुण दलको पाँचौ महाधिवेशनको तालिका पनि छिट्टै सार्वजनिक हुने उनले जानकारी दिए । 

नेपाली कांग्रेसले आफ्ना भ्रातृ, भगिनी तथा सुभेच्छुक संस्थाहरुलाई अन्तिम समय दिएर यही चैतभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ । सो अनुसार तदर्थमा चलिरहेको तरुण दलको पनि यही चैतभित्र महाधिवेशन गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ