सुबिधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
1.3k
Shares
दोलखा । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारीहरू आन्दोलनमा होमिएका छन् ।
विगत केही वर्षदेखि यस कम्पनीमा कार्यरत दोलखा जिल्लाबासी कर्मचारीहरू र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुबिधामा विभेद रहेको भन्दै उक्त सेवा सुबिधा समान गर्ने सहमतिको पालना नभएको भन्दै कर्मचारीहरूले आन्दोलन थालेका हुन् ।
उक्त सहमति गत असोज ६ गते भई गत माघ मसान्तसम्म समान कायम गर्ने भनिए पनि उक्त सहमति कार्यान्वयन नभएपछि पीडित कर्मचारीहरूले माग पूरा गर्नका लागि आन्दोलन थालेका हुन् ।
दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समिति अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका संयोजक रामबहादुर खड्काले सहमति कार्यान्वयन नगरेसम्म आजदेखि आन्दोलन थालेको बताए ।
सहमति कार्यान्वयन नगरेसम्म शान्तिपूर्ण विरोध सभा गर्ने, कम्पनीको सवारी साधन सञ्चालनमा रोक, गोकणेश्वरस्थित कार्यालयको कामकाज ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
तर गोंगरस्थित पावर प्लान्ट सञ्चालनमा कुनै अवरोध नगर्ने निर्णय पनि आन्दोलित पीडित कर्मचारीहरूले जनाएका छन् ।