arrow

रहेनन् वरिष्ठ पत्रकार बस्नेत, पशुपतिमा अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
mathbhar-basnet-died.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेस नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियार, कांग्रेस नेता नारायणप्रकाश साउद, प्रहरी महानिरीक्षक दीपक थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, सांसद एवं कांग्रेस नेताहरुका साथै कार्यकर्ता, शुभेच्छुक र पत्रकारले श्रद्धाञ्जली अपर्ण गरेका थिए । 
 
 राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष बस्नेतको आज बिहान उपचारका क्रममा निधन भएको हो । उनको हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो । 

गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक थिए । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाकासमेत अध्यक्ष थिए । 

पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो । 

उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ