एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’– भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
709
Shares
काठमाडौँ । आफ्ना ग्राहकहरुका आवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ ।
एनसेलका अनुसार यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्वाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।
२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्ने कम्पनीले बताएको छ ।
यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने एनसेलको जिकिर छ ।
भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १,००,००० सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्नेछ ।
करसहित रु. १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्ने पनि उसले जनाएको छ ।
ग्राहकहरूले एष्ट्रिक १२३ एष्ट्रिक ७ एष्ट्रिक६ ह्यास डायल गरेर सहजै यो प्याक लिन सक्ने एनसेलले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । ‘सधैं अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उदेश्य राखेको छ ।
देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी, एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्ने विश्वास लिएको जनाएको छ ।