arrow

कुरा व्यवस्था परिवर्तनको

नेपालको लोकतान्त्रिक व्यवस्थाप्रति भारत प्रतिवद्ध - परराष्ट्रमन्त्री राणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
arju-12-08.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताएकी छन् । भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रवार स्वदेश फर्किएकी उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । 

उनले भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताए । नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहरुको गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उनको भनाइ छ । उनले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरे ।

उनले भनिन्, ‘यहाँको पोलिटिकल गतिविधिका बारेमा खासै त्यस्तो कुरा गरेनौँ । तर उनहरुको सपोर्ट डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने चाहिँ उहाँहरुको हरेक गतिविधिबाट त्यो कुरा बुझ्न जरुरी छ । अहिलेको सरकारसँग एकदमै इन्गेज हुनुहुन्छ, उहाँको ट्रेड मिनिस्ट्री, पावर मिनिस्ट्री, फरिन मिनिस्ट्री सरकारको सिस्टमै चेन्ज हुने भन्ने जस्तो आशय मैले देखेको छैन ।’

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताए । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘भ्रमणका क्रममा भएका दुई पक्षीय भेटवार्ताका क्रममा मानव अधिकार परिषदमा नेपालको क्यान्डिनेसी २०२७ देखि २०२९, संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ सम्म तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा २०३७ देखि २०३८ सम्मका लागि नेपालले दिएकोउम्मेदवारीबारे पनि समर्थनका लागि आग्रह गरेको छु । र धेरै जनाले पोजेटिभ रेस्पोन्स दिनुभएको छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ