arrow

पीएम कपमा आर्मीको फाइनल यात्रा सहज बन्दै, सशस्त्र प्रयासरत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
pmcup-mens-national-cricket-2025.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको फाइनल प्रवेश सम्भावना बढेर गएको छ । 

शुक्रबार भएको खेलमा गण्डकी प्रदेशमाथि ६ विकेटको जित हासिल गर्दै आर्मी फाइनल नजिक पुगेको हो । लमहीमा भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनायो । अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएको इनिङ्समा आर्मीका शहाब आलमले ५ तथा कुशल मल्ल र नरेन साउदले ३ विकेट लिए । 

जवाफमा आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाएर ११७ रन बनायो । तिर्थराज दासले ३७ तथा बसिर अहमदले ३८ बलमा अविजित रहँदै ३२ रन बनाए । 

दोस्रो खेल
सिद्धार्थनगरको मैदानमा सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ खेलेका छन् । खेलमा सशस्त्र ३ विकेटले विजयी भयो । 

खेलमा सुदूरले टस जितेर पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा अलआउट हुँदै १९१ रन बनायो । निकोलस क्षेत्रीले ५९ रन बनाए । 

रोहित पौडेल र अमर राउटेलाले ३–३ विकेट लिए । 

जवाफमा सशस्त्रले ३६.३ ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्यो । सन्दीप जोराले ५१ रन बनाए । त्यस्तै आसिफ शेखले ३२ रन जोडे ।

तेस्रो खेल 
भैरहवाको मैदानमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ८१ रनले हरायो । टस जितेर कर्णालीले पहिले ब्याटिङ गर्दै ४९.१ ओभरमा अलआउट हुँदै २२० रन बनायो । 

दिपेन्द्र रावतले ६१ रन जोडे । रुपेश सिंह, सन्जित कुमार, हरिशंकर शाह र कमल गुप्ताले २–२ विकेट लिए । 

जवाफमा मधेसले ३५.२ विकेट गुमाएर १३९ रनमात्र बनायो । दिनेश अधिकारीले ४, दिपेन्द्र रावतले ३ तथा प्रकाश जैसीले २ विकेट लिए । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ७ खेलबाट १४ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । पुलिस एकमात्र अपराजित टिम हो । 

७ खेलबाट १२ अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । आर्मी फाइनल नजिक पुगेको छ । 


सशस्त्र प्रहरीको एपीएफको ६ खेलबाट ८, कर्णाली प्रदेशको ७ खेलबाट ८ तथा लुम्बिनी प्रदेशको ७ खेलबाट ८ अंक रहेको छ । 

सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको समान २–२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ