arrow

पेप्सोडेन्टले देशभर गर्‍यो दाँतसम्बन्धी स्वास्थ्य अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
pepsodent-81-12-8.jpg

काठमाडौँ ।  दन्त स्वास्थ्य समग्र स्वास्थ्यको महत्त्वपूर्ण हिस्सा रहेको विश्वास राख्ने ओरल केयर ब्रान्ड पेप्सोडेन्ट नेपालले विश्व मौखिक स्वास्थ्य दिवस २०२५ मा विभिन्न प्रभावकारी कार्यक्रम तथा डिजिटल अभियानहरूसहित मनाएको बताएको छ । 

पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डीएसएसन ) सँगको सहकार्यमा,  श्री गुहेश्वरी मा.वि., सिनामंगल (चैत २), बीआईए  इन्स्टिच्युट, जोरपाटी (चैत ३) र चितवन मेडिकल कलेज, चितवन (चैत ४ ) मा मुखको स्वास्थ्यको लागि सचेतना कार्यक्रम र निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ ।

कम्पनीका अनुसार यसबाट देशभर विभिन्न समुदाय र वर्गहरूमा दन्त स्वास्थ्य सम्बन्धि चेतना बढ्ने छ।

मार्च २० (चैत ७ गते) विश्व मौखिक स्वास्थ्य दिवसको दिन पेप्सोडेन्ट नेपालले डिएसएसन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा बसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीहरूको सहभागिता रहेको "रन फर ओरल हेल्थ" म्याराथोन आयोजना गरेको छ । 

यस कार्यक्रमको लक्ष्य पोषण र मुखको स्वास्थ्यको सम्बन्धलाई उजागर गर्नु रहेको थियो । बसन्तपुरमा राखिएको सचेतना कक्षले सर्वसाधारणलाई दन्त रोगको रोकथाम सम्बन्धी विशेष सल्लाह प्रदान गरेको छ ।

यसका साथै यो सहकार्यले "स्माइल गार्जियन प्रोजेक्ट"मा पनि योगदान गर्नेछ, जसअन्तर्गत नेपालका १५ अनाथ आश्रममा रहेका १,५०० अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पेप्सोडेन्ट नेपालले डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डिएसएचएएन) सँग मिलेर चैत ५ गते १,८०० भन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच प्रदान गरी दन्त स्वास्थ्य किट वितरण गरेको थियो । 

साथै विश्व मुख स्वास्थ्य दिवसको दिन पोखरामा "तेश्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिट २०२५" आयोजना गरेको छ र नेपालका विभिन्न प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका मुसहर, राउटे, र चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परिक्षणको साथ दन्त स्वास्थ्य किट पनि वितरण गरेको छ ।

गत वर्ष जस्तै पेप्सोडेन्ट नेपालले यस वर्ष पनि आफ्नो "ब्रस एन्ड ग्रुभ" डिजिटल अभियानलाई निरन्तरता दिएको छ । 

यसमा  मानिसहरूलाई आफ्ना मनपर्ने गीतमा नाच्दै खुशीका साथ दाँत माझ्न प्रोत्साहित गरिएको छ । सामाजिक सञ्जालका ७ प्रभावशाली इन्फ्लुएन्सर र विभिन्न कन्टेन्ट क्रिएटर्सको सहभागितामा यो अभियानले हालसम्म १० लाखभन्दा बढी रिच र २० लाखभन्दा बढी इम्प्रेसन हासिल गरिसकेको जनाएको छ । 

यसले दाँत र मुखको दैनिक सरसफाइको महत्त्वलाई समाजमा फैलाउन अझ मद्दत गरेको छ।

पेप्सोडेन्ट नेपालले हरेक समुदाय र वर्गमा दन्त स्वास्थ्यको महत्त्व प्रवर्द्धन गर्न प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ