arrow

अपहरणमा परेका हजारौँ बालबालिकालाई फर्काउने ट्रम्पको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
trump-11-25.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

युक्रेनमा युद्ध अन्त्यका लागि दबाब दिइरहेका राष्ट्रपति ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा यस विषयमा छलफल गरेका हुन् । 

अधिकारकर्मीहरूका अनुसार रुसी सेनाले अनाथालय वा अशक्त युवाहरूका लागि बनाइएका केन्द्र र गरिब परिवारका धेरै बालबालिकाहरू लगेका छन् । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “ट्रम्पले जेलेन्स्कीलाई युद्धका क्रममा युक्रेनबाट हराएका बालबालिकार अपहरणमा परेका बालबालिकाबारे सोधपुछ गर्नुभएको थियो ।”

“राष्ट्रपति ट्रम्पले ती बालबालिकालाई घर फर्काउने सुनिश्चित गर्न दुवै पक्षसँग मिलेर काम गर्ने वचन दिनुभएको छ,” उनले भने । 

मानवीय अनुसन्धान ल्याबका अनुसार १९ हजारभन्दा बढी बालबालिकालाई रुस लगिएकोमा एक हजार २३६ जना मात्र फर्केका छन् ।

समूहले युक्रेनबाट आएका आठ हजार ४०० भन्दा बढी बालबालिकालाई रुस वा रुसको नियन्त्रणमा रहेको क्षेत्रमा ४३ र बेलारुसमा १३ बालबालिका संरक्षण केन्द्रमास्थानान्तरण गरिएको जनाएको छ ।
 
समूहको अनुसन्धानअनुसार बच्चाहरूले अक्सर दुव्र्यवहार, अपर्याप्त खानाको अनुभव गरेका छन् र उनीहरूलाई रूसद्वारा प्रेरित अक्सर सैन्य प्रशिक्षण दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ