शिक्षा क्षेत्रमा सन्तोष गर्ने अवस्था छैन - रामवरण यादव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
843
Shares
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भए पनि सन्तोष गर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुसीका साथ राख्न नसक्नु रहेको बताए ।
उनले सरकारले आफ्ना युवाहरु स्वदेशमै राख् नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए । उनले आफ्नो देशको समस्या बुझेर काम गर्न जरुरी रहेको बताए । अध्ययनसहितको विकास हुन नसकेको प्रति दुःख व्यक्त गरे । तराई मरुभूमि हुन लागेको भन्दै त्यसो हुन दिनु नहुने बताए । चुरेको संरक्षणमा लाग्न सबैलाई आग्रह गरे ।
उनले भने, ‘हामीले शिक्षाको क्षेत्रमा छलाङ मारेका छौँ । तर सन्तोष छैन । किनभने हाम्रो देशमा विद्यार्थी राख्न नै समस्या छ । सिभिलाइजेशनेको इतिहास हेर्नुहुन्छ भने यस्तो समय आउँछ । हाम्रो जमानामा समाचार पुग्थेन सबै ठाउँमा । तर अहिले सबैसँग स्मार्ट फोन छ, सबैको देश दुनियाँको समाचार बुझिरहेको छ । आफ्नो देशको कुरा बुझिरहेको छैन । बीए पास गरेको विद्यार्थीलाई मैले आफ्नो देशको जियोग्राफी र इतिहास, राजनीतिक इतिहास सोधौँ भनेर र उसलाई पेपर दिएर दुई पेजको नेपाली राजनीतिक इतिहासको बारेमा लेख्न भनौँ भने सक्दैन । त्यसको दोष हामी राज्य चलाउने मानिसहरूको हो ।’
प्रथम राष्ट्रपति यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताए । देशको समस्या बुझ्न नसक्ने मानिस उत्पादन गर्न जरुरी रहेको बताए ।